काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अति गरे खती हुन्छ भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्वले बुझ्नुपर्ने टिप्पणी गरेका छन्।
नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएसँगै डा. भट्टराईको यस्तो टिप्पणी आएको हो। उनले प्रधानमन्त्रीमा निर्वाचित हुने भएपछि प्रचण्डलाई बधाई दिएका छन्।
‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई! अतिले खती गर्छ भन्ने काँग्रेस नेतृत्वले बुझोस् !,’ भट्टराईले ट्विटरमा लेखेका छन्।