माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

perish_danda
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल हुने माओवादीका सचिव गणेश साहले बताए।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल भइरहेको छ।

एमालेसहितको ७ दलीय समिकरण बनाएर आइतबार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। आज सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीमा नियुक्त प्रचण्डको शितल निवासस्थित राष्ट्रपतिको कार्यालयमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्