शेरबहादुर देउवाले बालुवाटार छाड्दै आज

deuba-pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १ सय ६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्। प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्