
काठमाडौं। निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन्।
उनले आज बिहान फोन गर्दै प्रचण्डलाई बधाई दिएका माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो। भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो।’