सत्ता गठबन्धनको बैठक सुरु

gathabandan-new
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो। बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा छलफल हुँदैछ ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी छन्। उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्