उपप्रधानसहित गृहमन्त्री बन्दै रवि लामिछाने

rabi_lamichhane
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री बन्ने भएका छन्। उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न लागेका हुन्।

‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,’ लामिछानेले भने। उनले सोमबार बिहान बसेको गठबन्धनको बैठकमा आफूले उपप्रधान तथा गृह मन्त्रालयमा दाबी गरेको बताएका थिए।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेतृत्वको रास्वपाले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी २० सांसद जितेको छ। सात दलीय सत्ता गठबन्धनमा रास्वपा तेस्रो ठूलो दल हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्