काठमाडौं। नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन्।
उनी पहिलो पटक दौरा सुरुवालमा देखिएका छन्। यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए। पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उनी कोट, पाइन्टमै जाने गरेका थिए।