प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को पहिलो बैठक

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नवगठित मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयकाअनुसार अहिले ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक राखिएको छ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने जानकारी दिए। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्ड र तीन उपप्रधानमन्त्री र चार मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन्।

त्यस्तै, विना विभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज शपथ लिएका आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्