बढ्यो सुनको मूल्य, आज कतिमा भएको छ कारोबार ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ। महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो। आज तोलामा २०० रूपैयाँ बढेसँगै आज तोलामा १ लाख ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २०० रूपैयाँ छ।

साताको पहिलो कारोबार दिन पनि सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो। गत साताको शुक्रबार तोलामा १ लाख ३०० रहेको सुनको मूल्य आइतबार २०० रूपैयाँ प्रतितोला बढेको थियो।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ छ। यससँगै, लगातार ४ दिनदेखि चाँदीको मूल्य स्थिर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्