चोरीको मोटरसाइकलसहित चार पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
4 Shares

पर्सा। पर्सा प्रहरीले ८ वटा चोरीको मोटरसाइकल सहित ४ जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२६ का २० वर्षीय राम प्रबेश पटेल, २६ वर्षीय अशोक पटेल, १९ वर्षीय शिबम पाण्डे र २० वर्षीय आकाश तिवारी रहेका छन्।

चोरी गर्ने समूहले मुख्य साँचो (मास्टर की)  प्रयोग गरेर र मोटरसाइकलको ह्याण्डल लक तोडेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ पर्नेहरुलाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्