बुटवलका डीएसपी केसीलाई निलम्बन गर्ने तयारी

DSP_thagbahadur_Kc-pic
लोकपाटी न्यूज
8 Shares

बुटवल। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि सिफारिस गरेको छ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको हो।

केसीको साथबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ बरामद गरेको छ। बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्