भरतपुर महानगरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नुपर्छ : उपमेयर अधिकारी

chitrasen-adhikari
लोकपाटी न्यूज
6 Shares

आशिष अधिकारी/ चितवन, १२ पुस। भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकालाई शैक्षिक रुपमा विकास गर्नु पर्ने बताएका छन्। आजको २१ औं शताब्दीमा शिक्षा बिना महानगरको विकास सम्भव नभएको बताउदै उपप्रमुख अधिकारीले आजको आवश्यकता भरतपुर महानगरलाई शैक्षिक गन्तव्यकै रुपमा विकास गर्नु भएको बताएका हुन्।

नारायणी नमूना माबि भरतपुर- १० को हिरक महोत्सव २०७९ अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम तथा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्दै उपप्रमुखले अन्यत्र जिल्लाहरुबाट अध्ययन गर्न काठमाडौं पोखरा गए जस्तै भरतपुरलाई पनि शैक्षिक गन्तव्यको रुपमा विकास गर्नु पर्नेमा विशेष जोड दिए।

चितवनको शैक्षिक इतिहासको शाखलाई नारायणी नमूना माविले बचाएको उनले बताए। नारायणी नमूना मावि जिल्ला कै उत्कृष्ट र गर्बिलो नमूना मावि भएको उनको भनाई थियो। विद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा,विद्यालयका प्रध्यानाध्यापक पुर्णप्रसाद दवाडी लगायतले मन्तव्य राखेका थिए।

यहि पौष ६ देखि शुरु भएको कार्यक्रम १६ गते समापन हुँदैछ। यसैबीच भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सामुदायिक विद्यालयहरु समाजका ऐना भएको बताएका छन्।उपमेयर अधिकारीले भने- सामुदायिक विद्यालय समाजका गहना हुन्, गहनाहरुलाई जोगाइ राख्नु तपाईं हामी सबै दायित्व हो।’

राष्ट्रिय आधारभूत विद्यालय सानो यज्ञपुरि भरतपुर-४ को ६० औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई मंगलबार सम्बोधन गर्दै उपप्रमुख अधिकारीले शिक्षा र स्वास्थ्यसँग सँगै भरतपुर महानगरलाई देशकै उत्कृष्ट महानगर बनाउने अभियानमा आफू कहि कतै नचुक्ने अठोट गरे।

अभिभावक दिवसमा मात्रै स्कुललाई सम्झना गर्ने परिपाटी कै कारण सामुदायिक विद्यालयहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको भन्दै उपप्रमुख अधिकारीले चिन्ता व्यक्त गरे। विद्यालयको शैक्षिक उन्नति र स्तरोन्नतिका लागि महानगर सहयोग गर्न तयार रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्