निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएकालाई गृहले फिर्ता बोलाएको हो।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्था भन्दा विपरीत सेवा-सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई भनेको छ। मन्त्रालय प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा बहालवाला तथा पूर्वकर्मचारीहरुले कार्यविधिमा व्यवस्था भएअनुसार सुरक्षाकर्मी राख्न भनिएको छ।

‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सवैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्