
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद बैठक आह्वान गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् बैठक आह्वान गरेकी हुन्।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।