चीनको सिचुआनमा बढे कोभिडका बिरामी

लोकपाटी न्यूज
6 Shares

एजेन्सी। चीनको सिचुआन प्रान्तमा कोभिड-१९ का बिरामी बढेका छन्। सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड-१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन्।

सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा एक लाख ५८ हजार पाँच सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताए छन्। सिचुवान प्रान्तको जनसङ्ख्या ८३ लाख छ।

यसैबीच, सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिडको परीक्षण नगरेका करिब ३० प्रतिशतले आफूलाई ज्वरो आएको र खोकी लागेको बताएकाले वास्तविक सङ्क्रमितको प्रतिशत बढी रहेको बताएको छ। यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएपछि बिरामीको सङ्ख्या बढेको हो।

कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन कठिन भएको शानडोङ र युनान प्रान्तका केही भागमा तिको मूल्य बढेको छ। केही स्थानमा औषधिको अभाव भएको छ। साथै कोरोनाले चीनमा पुनः राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्