गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि

लोकपाटी न्यूज
5 Shares

गण्डकी। गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो ३ बजे प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम छ। ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्