प्रचण्ड निवास पुगे ओली

prachanda-kp oli
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले अध्यक्ष ओली खुमलटार पुगेका हुन्।

प्रचण्डका स्वकीय सचिव रमेल मल्लका अनुसार प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुगेका हुन्। अहिले उनीहरूबीच वार्ता चलिरहेको छ।नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ। दुई नेताले एकीकृत नेकपा (समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन्।

यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्