कांग्रेस कोइराला समूहको निष्कर्ष : देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुट्यो

gagan_shakher_samuha_pic
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली कांग्रेसको कोइराला समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ। बुधबार विहान नेता शेखर कोइरालाको सचिवालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ।

बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ–आफना दृष्टिकोणहरू प्रस्तुत भए गरेको नेता अर्जुननरसिंह केसीले बताए। नेतृत्वमा वृहत राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नदिएको इतर पक्षको ठहर छ।

बैठकमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,चन्द्र भण्डारी, सरिता प्रसाइ, बद्री पाण्डेलगायतका नेताहरु उपस्थित थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्