प्रचण्ड-ओलीबीच के विषयमा भयो कुराकानी ?

prachanda-kp oli
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ। बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा उनीहरुबीच सो विषयमा छलफल भएको हो।

दुई शीर्ष नेताबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको र सरकारका काम कारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। भेटमा मन्त्रिपरिषद् बिस्तार, प्रदेश सरकार गठन र सत्ता गठबन्धनमा बाँकी रहेका पदहरूको बाँडफाँट लगायतका विषयमा कुराकानी भएको बुझिएको छ।

यसैगरी, बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्डा तय भएको पनि उनले बताए। ‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच छलफल हुँदै छ। आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो,’ स्वकीय सचिव मल्लले भने, ‘विस्तृत रूपमा बिहीबार गठबन्धनको बैठकमा छलफल हुनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्