पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : बद्री पाण्डे

Badri_Pandya
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्।

काँग्रेस संस्थापन इतर समूहको आज काठमाडौंमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पङ्क्ति र जनतामा निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए। उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गरे।

काँग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्यरुपमा काँग्रेसले लिन नमिल्ने बताए। उनले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्त्विक असर परेको उल्लेख गरे। उनले राजनीतिकरुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गित बनेको बताए।