सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

gathabandan-new
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी छ। बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँटको विषयमा छलफल हुनेछ।

छलफलमा गठबन्धनको ठूलो दल नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनमत पार्टी रहनेछन्।पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट ७ मन्त्रीले सपथ लिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्