एमाले संसदीय दलको नेतामा जेएन थपलिया चयन

Thapaliya-pic
लोकपाटी न्यूज
5 Shares

हेटौंडा। नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन्। आज बिहीबार बसेको नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन्। बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्