
विराटनगर। प्रदेश नम्बर १ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलका नेतामा पार्टी संस्थापन पक्षका उद्धव थापा चयन भएका छन्।समानुपातिक कोटामा झापाबाट प्रदेश सांसद भएका थापा अत्यधिक मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्। थापा पार्टीको प्रदेश सभापति समेत हुन्।
उनले १८ मत प्राप्त गरे। पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौला निकटका हुन्। थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे। प्रदेशसभामा कांग्रेसका २९ सांसद छन्।