
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्। भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनु भएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसमक्ष हस्तान्तरण गरेका थिए।