नारायणी नमूना माविलाई उत्कृष्ट बनाउनतर्फ अग्रसर छौं : रेनु दाहाल

Renu Dahal
लोकपाटी न्यूज
5 Shares

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको नारायणी नमूना माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट बनाउनतर्फ अग्रसर रहेको बताएकी छन्। विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा अयोजित हीरक महोत्सव अन्तरगतको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको १० नम्बरभित्र मात्र नभई १ नम्बर बनाउनतर्फ सबै पक्ष जुटिरहेको बताइन्।

देशकै महानगरपालिकाले स्थानीय सरकारको हैसियतले समग्र विकास गर्न प्रत्येक वर्ष भौतिक पूर्वाधार निर्माण बजेट विनियोजन हुने गरेको जानकारी दिइन्। नारायणी नमूना माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय भएकोमा गर्व महशुस हुने उल्लेख गरिन्।

‘नारायणी माविमा भर्ना हुन ठूलो भिड लाग्छ,उनले भनिन्,‘भरतपुरका अन्य विद्यालयले यसको अनुशरण गर्नुपर्छ। नारायणी मावि अझै नमूना विद्यालयका रुपमा पहिचान बनाउनु आवश्यक छ। महानगरले आवश्यक सहयोग गर्छ। ’

महानगरपालिका प्रमुख दाहालले विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी थप हुनु गर्वको विषय भएको बताइन्। महानगरपालिको शिक्षाको गुणस्तर अभिवृद्धिका लागि छात्रावृत्ति, विद्यालयलाई बस वितरण, छात्रालाई साईकल वितरण तथा न्यानो कपडा वितरण गर्ने लगायतका कार्यक्रमहरु निरन्त भइरहेको जानकारी दिइन्।

यसैबीच विद्यालयको हीरक महोत्सवको आज शनिबार (अन्तिम दिन) को कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सरकारका नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो पटक प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला चितवन आउन लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्