
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताए। उनले सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिवलाई भनेको बताएका छन्।