काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

NarayanKaji_Shrestha
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन्।

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए।

उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए। ‘राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,’ उनले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए। ‘तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन। तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो,’ उनले भने, ‘ऐन, नियम विपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्