माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

khagraj_bhatt_pic
लोकपाटी न्यूज
5 Shares

डडेल्लधुरा। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दल नेता चयन भएका छन्। डडेल्लधुराबाट निर्वाचित भट्ट सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय नेतामा सर्वसम्मत चयन भएका हुन।

संसदीय दलको नेता चयन गर्न शनिबार पनि माओवादी बैठक बसेको थियो। सहमति हुन नसकेपछि बैठक निष्कर्षविना नै टुंगिएको थियो।

माओवादी संसदीय दलको नेताका लागि भट्टसँगै ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामीले दाबी गरेका थिए। रावल र धामीले भट्टलाई समर्थन गरेपछि नेता चयन गर्न सहमति जुटेको हो। डडेल्धुरा ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। प्रदेश सभामा माओवादीका ११ सदस्य छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्