भीमफेदीमा भ्यान दुर्घटना : एकको मृत्यु, आठ घाइते

accident_
लोकपाटी न्यूज
3 Shares

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–२ मा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते छन्। बाराको विश्रामपुर गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय राहुलकुमार पण्डितको मृत्यु भएको हो।

उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको। घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। आज बिहान आइतबार करिब पौने १० बजे ना४च ९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर नालीमा पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्