ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक

Sansad_samsad
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। पहिलो बैठकको एजेण्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकले अन्तरिम नियमावली, दलहरूको हैसियतअनुसार सिट व्यवस्थापन, दलका नेताहरू बोल्नेलगायतका एजेण्डा तय गर्ने उपसचिव सञ्जय गौतमले बताए। संसद्को पहिलो बैठक २५ गतेका लागि आह्वान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्