न्युजिल्यान्डका प्रधानमन्त्री जस्तै सरल देखिए प्रचण्ड

Pro_Prachanda
लोकपाटी न्यूज
13 Shares

पोखरा। आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्ड ‘सरल’ देखिए। अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि उनी एकाएक भिआइपी कक्ष छाडेर आन्तरिक यात्रु कक्षतिर मोडिए। खासमा उनी सर्वसाधारणसँग विमानस्थलबारे प्रतिक्रिया लिने मुडमा रहेछन्।

उनले आन्तरिक पर्यटकहरूसँग विमानस्थल कस्तो लाग्यो ? भन्ने प्रश्न गरे। भारतको कर्नाटकबाट आएका एक पर्यटकले सुन्दर भएको संक्षिप्त उत्तर दिए। प्रचण्ड रोकिएनन्। नजिकै प्रधानमन्त्री पाएपछि केहीले सेल्फी मोह देखाए। केहीले बधाई दिन भ्याए। केहीले नानीबाबुसँग फोटो खिचाए।

‘यो त विदेशमै जस्तो भयो’, पोखराका रविन अधिकारीले भने, ‘हामीले पनि विदेशमा जस्तै सर्वसाधारणसँगै हाम्रो प्रधानमन्त्री प्रचण्ड देख्न पाइयो।’

विदेशी र स्वदेशी यात्रुसँगको भलाकुसारीपछि उनी काठमाडौं फर्किए। ‘कहिल्यै प्रचण्डलाई नजिकबाट देखिएको थिइन। एकदमै सरल मान्छे हुनुहुँदो रहेछ’, काठमाडौंबाट बिदा मनाएर फर्केकी राधिका न्यौपानेले भनिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्