काठमाडौं। नेकपा एकीकृत समाजवादीले आज सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको छ। बैठक विहान ११बजे पार्टी कार्यालय आलोकनगरमा बोलाइएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
दुई दिन एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरूले पार्टीको बारेमा समीक्षा तथा आगामी सरकारमा जान नजाने र अन्य पार्टीहरुसंगको सहकार्य तथा एकता लगायतका बारेमा धारणा राखेपछि आज पोलिट्ब्यूरो बैठक डाकिएको नेता खतिवडाले जानकारी दिएका छन्।आजको बैठकबाट के सुझाव आउँछ त्यसपछि मात्र एकीकृत समाजवादीले पार्टीको धारणा सार्वजनिक गर्ने पनि नेता जगन्नाथ खतिवडाले जानकारी गराए।