सचिव र आयोग पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

PM_PRACHANDA
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्। प्रचण्डले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन्।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

स्रोतका अनुसार आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र मन्त्रालयका सचिवहरूसँग सुशासनबारे प्रधानमन्त्रीले छलफल गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्