सिरहा नगरपालिकामा आज सार्वजनिक बिदा

siraha-nagar-pic
लोकपाटी न्यूज
5 Shares

जनकपुरधाम। लेखापालको निधन भएको शोकमा सिरहा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। आइतबार सिरहा नगरपालिकाका लेखापाल भिखारी सिंह थारुको निधन भएको थियो। हृदयाघातबाट उनको निधन भएको बताइएको छ।

लेखापाल सिंहको असामयिक निधन भएकोले आज एक दिनका लागि नगरपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय लगायतका सम्पूर्ण कार्यालयहरू पूर्ण रूपमा बन्द रहने सूचना प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जारी गरेका छन्।

jj

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्