गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

Prachanda-and-election-pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

सोमबार भर्चुअल माध्यममार्फत् ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा गृहमन्त्री लामिछानेले अहिलेको शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए।

गृहमन्त्रालयमा भएको भर्चुअल बैठकमा उनले शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका थिए। गृहमन्त्री लामिछानेले नागरिकले शुसाशनको प्रत्याभूति महसुस हुनेगरी काम गर्न निर्देशन दिए। उनले बिपदबाट जनधनको क्षति नहोस भनेर पूर्वतयारीका साथ काम गर्नु पर्नेमा समेत जोड दिएका थिए।