बुटवल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क) बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन भएका छन्। प्रदेशसभा सदस्यहरुको बैठकले उनलाई दल नेताको रुपमा निर्वाचित गरेको हो।
लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसम्मति रुपमा निर्वाचित गरेको हो। बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगाएको थियो।