नेकपा एस वामपन्थी एकताको पक्षमा छ : खनाल (पूर्णपाठ)

Jhalanath_Khanal
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुन शर्त अघि सारेका छन्। सोमबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा उनले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन्।

तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ। आ-आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरूलाई अहिले मिलाउन र एकरूपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए।

उनले भनेका छन्, ‘यति बेला भिन्नताहरूलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन। त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरूका बीच कार्यगत एकता आजको आवश्यकता हो। हाम्रो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा छ र रहनेछ। तर वर्तमान सरकारको स्थिति हेर्दा नीति निष्ठता र सिद्धान्त निष्ठता माथि आधारित एकता देखिँदैन।’

उनले सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण नभएको पनि बताए। खनालले भने, ‘हामीले यो सरकारलाई आमरुपमा विश्लेषणात्मक ढंगले हेर्नुपर्छ। त्यसले गर्ने सकारात्मक कामहरूलाई समर्थन गर्नुपर्छ र यसले गर्ने गलत कामहरूको आलोचना गर्नुपर्छ। हामीले सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण छैन।’

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्