राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न आयोगको सुझाव

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ २५ गते राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई आयोगले परामर्श दिएको छ।

सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थाअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी सो परामर्श दिएका हुन्।

भेटघाटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शंकरदास वैरागीको उपस्थिति रहेको थियो। सो भेटघाटमा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनलगायत समसामयिक विषयमा छलफल तथा परामर्श भएको थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्