मापदण्डभन्दा बढी धूवाँ फाल्ने सवारी साधनमाथि कारबाही

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। काठमाडौंको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ।

मापदण्डभन्दा बढी धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चार पाङग्रे सवारी साधनका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ वटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेको प्रवक्ता भट्टले बताए। सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्