कुटपिटमा संलग्न ३ विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित

Ratna_rajyalakshmi_RR_Collage
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन्। क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको रत्न राज्‍यलक्ष्मी क्याम्पस प्रशासनले जनाएको छ।

कक्षा सञ्चालन भइरहेको समयमा क्याम्पस परिसरमा हिंसात्मक गतिविधि गरी क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्‍याएको हुँदा उनीहरूलाई निष्कासित गरिएको क्याम्पस प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निष्कासनमा पर्ने विद्यार्थीहरू कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन्। र अन्य संलग्न दोषीहरूलाई कानुनी कारबाही अगाडी बढाउन प्रहरी समक्ष रत्न राज्यलक्ष्मी क्याम्पसले आग्रह गरेका छ।

पुस १३ गते प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो। पुस १३ गते प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो। झडपमा विद्यार्थी मदन भण्डारी, लोकेश खड्का, हर्क बोहरा घाइते भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्