तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा (भिडियो)

geet
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। तामाङ मेगास्टार कुमार मोक्तान अभिनित  ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ। ओेएसआर डिजिटलबाट शुक्रबार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन्।

प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन्। गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन्।

अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन्। भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको आवाज रहेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्