काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज (मंगलबार) यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन, निरीक्षण र छड्के जाँच गरेका छन्। आकस्मिक रूपमा यातायात कार्यालय एकान्तकुना पुगेका छन्। मंगलबार विहानै छड्के जाँच गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका हुन्।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणसँग अन्तरक्रिया गरेका छन भने गुनासो पनि सुनेका छन्। उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन दिए।
अनुगमनको क्रममा लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरिएको स्वकीय सचिव विजय गौतमले बताए।