मेक्सिको। देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दश जना सुरक्षाकर्मीसहित १४ जनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन्।
चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो सङ्ख्यामा आएको बन्दुकधारीको समूह जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आक्रमणको फाइदा उठाएर २४ जना बन्दी भागेका छन्। भगौडाहरूको खोजी भइरहेको छ।
सुरक्षाकर्मीले पनि जवाफी कारबाही गर्दा दुई जना बन्दुकधारी बताइएको छन्। जेलमा थप सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ। आफ्नो समूहका व्यक्तिलाई छुटाउन कारागारमा आक्रमण भएको अनुमान गरिएको छ।