सुधारको पहल नगरे अर्थतन्त्र संकटमा फस्छ : उपसभापति गुरुङ

Dhanraj_Gurung
लोकपाटी न्यूज
6 Shares

झापा। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक संकटमा फस्ने बताएका छन्। झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक संकटतर्फ धकेलिएको बताए।

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौं समस्या झेलिरहेको बताए। एक फरक प्रसंगमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गरे। ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उनको टिप्पणी थियो।

उनले मुलुकको मियो नै काँग्रेस भएको बताउँदै काँग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राखे। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्