सुनको मूल्य प्रतितोला १ लाख तीन हजार कट्यो

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय कायम भएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्