देउवालाई भेट्न धुम्बाराही पुगे उपेन्द्र यादव

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच धुम्बाराहीमा भेटवार्ता भएको छ। देउवा निवास धुम्बाराही पुगेर अध्यक्ष यादवले भेटवार्ता गरेको हुन्।

दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि देउवा अहिले धुम्बाराहीस्थित भाडाको घरमा बसिरहेका छन्।