सर्लाहीको हरिवन नगरपालिका-७ मा फेरि मतगणना गर्न आदेश

uchha-adalat-janakpur pic
लोकपाटी न्यूज
9 Shares

जनकपुरधाम। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणनाको उच्च अदालत जनकपुरले आदेश दिएको छ।

न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणनाका लागि शुक्रबार आदेश दिएको जानकारी उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले दिएका छन्।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन–७ को वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यरत छन्।

निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा ९अशोक० ले ३७८ मत पाएका छन्।

कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेका थिए। तर अदालतले अन्तरिम आदेश जारी नगरी शुक्रबार पुनः मतगणनाको आदेश दिएको छ। रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्