बाजुरामा साठी हजार बढिको अखाद्य वस्तु नष्ट

pp
लोकपाटी न्यूज
3 Shares

राजेन्द्र बिक/ बाजुरा, २३पुष। बाजुरामा साठी हजार भन्दा बढिको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। जिल्लाको पूर्वी उत्तरी क्षेत्रको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा रहेका स्थानीय बजारको शुक्रबार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुको बरामद गरी नष्ट गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा गएको अनुगमन टोलीले बजारमा रहेका अखाद्य, म्याद गुज्रेका र बजारमा विक्री हुने दैनिक उपभोग्य सामग्रीको मूल्यको अवस्थाबारे अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा निरिक्षण अधिृकत लोकेन्द्रबहादुर विष्टले बताए। अनुगमन टोलिले हिमाली गाउँपालिकाको धुलाचौर र जगन्नाथ गाउँपालिकाको पिलुचौर बजारको अनुगमन गरेको हो।

बजार अनुगमनका क्रममा धुलाचौर बजारबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामानसहित आठ हजार ३ सय २० रुपैया बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला विष्टले बताए।

यसैगरी जगन्नाथ गाउँपालिका–१ मा पर्ने पिलुचौर बजारमा ५६ हजार ४५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। धुलाचौर र पिलुचौर बजारमा गरिएको अनुगमनका क्रममा ६४ हजार ३सय६५ बराबरको अखाद्य सामग्री भेटिएको सबै बरामद गरी नष्ट गरिएको छ।

अनुगमनका क्रममा चिउरा,विस्कुट, सुजी,तेल, माउण्टेन डिउ, मेरिण्डा, मिठाई, चाउचाउ लगायतका म्याद गुज्रेका अखाद्य वस्तु भेटिएका अनुगम टोलीले जनाएको छ। दैनिक उपभोग्य सामग्रीमा नागरिकहरु ठगिरहेकाले बजार अनुगमनलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी पुष्प खड्काले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्