नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदै नेकपा एमाले

KP_Oli
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ। शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

दुई दिने प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने भएका छन्। संघीय संसदमा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसद छन्। एक जना स्वतन्त्र सांसद किरणकुमार साह हालसालै एमाले प्रवेश गरेकाले अहिले सो दलको संख्या ७९ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्