सिंहदरबारमा सुरु भयो काँग्रेस संसदीय दलको बैठक

Nepali congress
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो।

आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको छ। बैठकमा संसद् बैठक, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ। त्यसअघि दलको बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ।